मनमा अचानक उब्जिएको रहर जसले मलाई यी फोटो खिच्न बाध्य बनायो

दशैंको बिदा लामै भएपनि म प्राय: घरमै बसिरहन्छु । आजकाल त झन गाउँमा पहिलेका साथीहरु कोहि पनि छैनन् रमाइलो गर्नलाई । कहिलेकाही त समय बिताउन नै मुस्किल हुन्छ । तर पनि म टाढा नगइ आफ्नै घर वरपर डुलेर दिन काटिरहेको हुन्छ । यसपटकको दशैँ पनि लगभग यसरी नै बित्यो । तर यसरी नै घुमिरहेको बेला एकदिन मनमा एउटा सानो रहर जागेर आयो । हातमा मोबाईल समातेर बारीको छेउमा डुल्दै थिएँ । बारीमा तोरी फुल्ने क्रममा थियो । पुरै पहेंलो त थिएन तर फूल फक्रने क्रममा थियो । मलाई एउटा फोटो खिच्न मन लाग्यो र खिचें पनि । राम्रै देखियो । एउटा नजिकैबाट तोरीको फूलको फोटो पनि खिचें । मोबाइल क्यामेराको अटोफोकसले गर्दा होला त्यो फोटो झनै राम्रो देखियो । मैले यसरी नजिकै क्यामेरा लगेर कहिल्यै फोटो खिचेको थिएन । त्यसपछि मलाई मनमा अरु फोटो नि यसरी नै खिच्न मन लागेर आयो जसले मलाई यी फोटोहरु खिच्न बाध्य बनायो । हेर्नुहोस् मेरो सामसुङ ग्यालेक्सी ग्र्याण्ड २ मोबाईलबाट खिचिएका केही फोटोहरु ।

१. मैले सुरुमा खिचेको तोरीको फोटो जसले गर्दा मलाई अरु फोटोहरु खिच्न रहर लागेको थियो ।

तोरी

२. झुसिलकिराले खाँदै गरेको एक फूल जसको नाम मलाई नि थाहा भएन ।

झुसिलकिरा र फूल

३. लहरे सिमिको फूल ।

सिमि

४. तिहारको झल्को दिने फूलहरु मध्ये एक फूल – मखमली ।

मखमली

५. मेरी स्वर्गीय हजुरआमाले एक दशक अघि रोप्नुभएको सिउँडी ।

सिउँडी

६. बारमा झुन्डिएर फलेको तीते करेला ।

तीते करेलो

७. यो साल घरमा अनार पनि फल्ने भैसकेछ ।

अनारको दाना

८. हरेक साल फल्दै आएको कागती ।

कागतीको फल

९. एकमा दुई: एउटै हाँगामा दुइटा हजारी (सयपत्री) फूल । यस्तो देख्नुभएको थियो?

सयपत्री

१०. पानी छचल्किदै गरेको धारा ।

धारा

११. र अन्त्यमा यो घरको भित्तामा बसिरहेको पुतली ।

पुतली

अरु थुप्रै फोटोहरु पनि खिचेको थिएँ तर मलाई मनपरेकाहरु मध्येबाट यतिमात्र फोटोहरु राखें । कुनै दिन फेरि मोबाईल फोटोग्राफीको भुत चढ्यो भने अरु फोटोहरु पनि अवश्य राख्नेछु । 🙂

Advertisements