यात्रा संस्मरण: राप्ती एक्सप्रेस

यस बर्षको दशैं नजिकिदै थियो । काठमाडौंमा कर्मथलो बनाउनेहरुका लागि घर जान पाउने अवसर वा बहाना पनि बन्दै थियो । नजिक घर हुनेलाई त त्यति समस्या नहोला तर टाढा घर हुनेका लागि भने एउटै कुराको चिन्ता हुन्थ्यो – घर जाने कसरी? अग्रिम टिकट कहिले खुल्ला? भनेको दिन टिकट पाउला कि नपाउला? । यस्तै चिन्ताले सताउनेमा म पनि एक थिएँ ।

Continue reading “यात्रा संस्मरण: राप्ती एक्सप्रेस”

Advertisements

गजल

सम्झनाको दियो सधै बाली राख्नु है ।
दिएका ती कोसेली सम्हाली राख्नु है ।

पिरतीको मीठो सुवास दिन्छु तिमीलाई,
मनभरी प्रित संगाली राख्नु है ।

दिउँला तिमीलाई अजम्बरी माया मेरो,
जिन्दगीभर मलाई अंगाली राख्नु है ।

मन-मुटुमा तिमीलाई सजाएर राखेको छु,
त्यो दिलभित्र मलाई ठाउँ खाली राख्नु है ।

तिमीसंगै जिउने मर्ने बाचाकसम खाइसके,
बिहेको नी लगन यसैपाली राख्नु है ।

मुक्तक

दशैंभित्र लुकेको दशा तिमिलाई के थाहा ।
बाध्यताले पिएको नशा तिमिलाई के थाहा ।

बाहिर हाँसो भित्र रोदन सम्हालेर राख्नुपर्दा,
मनभित्रै गुम्सिएको निराशा तिमिलाई के थाहा ।