मुक्तक

दशैंभित्र लुकेको दशा तिमिलाई के थाहा ।
बाध्यताले पिएको नशा तिमिलाई के थाहा ।

बाहिर हाँसो भित्र रोदन सम्हालेर राख्नुपर्दा,
मनभित्रै गुम्सिएको निराशा तिमिलाई के थाहा ।

Advertisements

मुक्तक

​सुर्यलाई जुन पो ठान्यौ कि ।
सुनलाई नुन पो ठान्यौ कि ।

सक्दो सहयोग त गरेकै हुँ तर,
गुणलाई बैगुण पो ठान्यौ कि ।